Admin Login

हरिनास गाउँपालिका गण्डकी प्रदेश, स्याङ्जा, नेपाल डिजिटल प्रोफाईल सिस्टम

  • 9856036468
  • harinasruralmunicipality@gmail.com
  • गृह पृष्ठ
  • परिचय
  • चिनारी
  • संस्थागत बिबरण
1. परिचय
१.१ पृष्ठभूमि

नेपाल सरकार मन्त्रिपरिषद् मिति २०७३/११/२७ को निर्णय अनुसार स्याङ्जा जिल्लामा गठित ११ स्थानिय तह मध्ये जिल्लाको दक्षिण पूर्वी भेगमा अवस्थित, जनसंख्या १७३४३ तथा ८७.४८ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस गाउँपालिका साविक किचनास गा.वि.सको ६,८ र ९ वडा, चिसापानी गा.वि.सको १-९ वडा, चित्रे गा.वि.सको १-९ वडा, क्याक्मी गा.वि.सको १-९ वडा तथा चिन्नेवास गा.वि.सको ७,८ र ९ वडालाई मिलाई स्याङ्जा जिल्लाकै ठुलो एवम् प्रख्यात हरिनासको वन बाट यस गाउँपालिकाको नामकरण भएको हो। यस गाउँपालिकामा ७ वटा वडा हरु रहेका छन् भने यसको केन्द्र साविक चित्रेभन्ज्याङ गा.वि.स कार्यालयमा रहेको छ। यस गाउँपालिकाको पूर्वमा तनहुँको भिमाद नगरपालिका, उत्तरमा तनहुँको शुक्लागण्डकी नगरपालिका, पश्चिपममा बिरुवा गाउँपालिका र चापकोट नगरपालिका तथा दक्षिणमा चापाकोट नगरपालिका र तनहुँको भिमाद नगरपालिका रहेका छन्। हरिनास गाउँपालिकाको वास प्लान बनाउने क्रममा सबै घरधुरीमा पुगी गरेको सर्वेक्षण अनुसार यस गाउँपालिकामा जम्मा ३३९४ घरधुरीहरुले बसोबास गर्दछन। गाउँपालिकाको कुल जनसंख्या २१७७८ रहेको छ र जस मध्य महिलाको संख्या ११०७० र पुरुषको संख्या ११०७० रहेको छ।

  • गृह पृष्ठ
  • चिनारी